Techie IT
२०८१ फागुन २६, सोमबार

राजावादीहरूले काठमाडौंमा भव्य शक्ति प्रदर्शन गर्दै, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदैछन् । उनी आउने छेको पारेर राजावादी र समर्थकहरूले काठमाडौंमा भव्य शक्ति प्रदर्शनको तयारी गरेका छन् । 

एक महिनासम्म पोखरा भ्रमण सकेर पूर्वराजा आज (आइतबार) बेलुकी काठमाडौं आउँदैछन् । यहीँ मौकामा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजसंस्था र हिन्दुराज्य पुनस्र्थापित गर्न अभियान नै चलाएका दुर्गा प्रसाईंले काठमाडौंमा संयुक्तरूपमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । 

फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्रता दिइरहेका छन् । 

पूर्वराजाको अपिलले राजवादीहरू हौसिएपछि सत्तारूढ र प्रतिपक्ष दलहरू सशंकीत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् । 

सरकारले आजको राजवादीहरूको शक्ति प्रदर्शनलाई मध्येनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था निकै कडा पारेको छ । सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आकलन रहेको गृह स्रोतले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट