कांग्रेस–एमाले साना दलरूमाथि अंकुश लगाउन उद्यत, मधेसवादी दल मतियार
काठमाडौं । सत्तारूढ कांग्रेस–एमाले नेतृत्वको सरकार सञ्चालनसम्बन्धी कार्यदलको बैठक मंगलबार सम्पन्न भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारलाई प्रभावकारी बनाउन प्रयास जारी राख्ने प्रारम्भिक सहमति गरेको छ ।
सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउनका लागि एमाले–कांग्रेसले दुई दलीय संयन्त्र बनाएका हुन् ।
सो संयन्त्रको कार्यदलमा रहेका बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधनलगायतका विषय कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
कार्यदलमा सरकारको नेतृत्वकर्ता कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य रहेका छन् ।
त्यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
सो संयन्त्रको कार्यदलले संविधान संशोधन गर्न गर्नेबारे गम्भीर छलफलसमेत गरेको छ । यद्यपि कहिलेबाट संशोधनको तयारी थाल्ने भन्नेबारे छलफल नभए तापनि छिट्टै यसको कार्य थालनी गर्ने संयन्त्रको तयारी छ ।
सरकारको स्थायित्व र प्रभावकारी कार्यसम्पादनका लागि संविधान संशोधन अपरिहार्य रहेको बैठकको निष्कर्ष थियो ।
त्रिशंकु संसद्, अस्थिर सरकार र साना दलहरूको दबदबाबाट उन्मुतिm पाउन कांग्रेस–एमाले संविधान संशोधन गर्न उद्यत देखिएका छन् ।
यसका लागि विद्यमान थ्रेस होल्डको व्यवस्थालाई उच्च अंकमा पु¥याउने, समानुपातिकको ४० प्रतिशत अंशभार घटाउने रणनीतिमा दुई ठूला दल छन् ।
कांग्रेस–एकालेको यो रणनीतिको मतियार डा.चन्द्रकान्त रावत (सिके) नेतृत्वको जनमत पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी बनेको छ । यी दुई मधेसवादी दल सत्ता लोलुपताले कांग्रेस–एकालेको एजेन्डा केन्द्रित छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस