छविको बयान सकियो, रविको अनिश्चित
काठमाडौं । सहकारी ठगीको आरोप लागेका छविलाल जोशीको बयान सकिएको छ । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका जोशीको केही बेरअघि बयान सकिएको हो ।
पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष जोशीको बयान आज (मंगलबार) दिउँसो सकिएको हो । सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा जारी छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ ।
उनको बयानको पालो कहिले आउने भन्नेबारे जानकारी प्राप्त भएको छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस