Techie IT

माधवले वामदेवलाई दिन मानेन् वरिष्ठ नेता, तेस्रो वरियतामा लबिङ


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने भएको छ । यहीँ पुस ५ मा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच भैँसेपाटीस्थित गौतम निवासमा भएको छलफलमा पार्टी एकता गर्ने सहमति भएको एकीकृत समाजवादीले जनाएको छ ।

पार्टी एकता पश्चात् गौतमलाई तेस्रो वरीयतामा राख्नेबारे छलफल भएको जनाइएको छ । गत बिहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपाल गौतम निवासमै पुगेर छलफल गरेका थिए । छलफलको क्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीमा भएको छलफलबारे जानकारी गराएका थिए ।

छलफलमा नेपालले गौतमलाई तेस्रो वरियतामा राख्न पार्टी तयार भएको बताएका थिए । तर, गौतमले आफूलाई वरिष्ठ नेता दिन आग्रह गरेको एकीकृत समाजवादीका एक नेता बताउँछन् ।

ती नेताले गौतम तेस्रो वरियतामा अट्न सक्ने बताए । वरिष्ठ नेता पार्टीले व्यवस्था नगरेका कारण गौतमलाई तेस्रो वरियतामै राख्ने तयारी छ । बरु एकीकृत समाजवादीले सम्मानित नेताको व्यवस्था गरेको छ । सम्मानित नेतामा झलनाथ खनाल छन् ।

यसका लागि केही दिन पहिले सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउनेबारे निर्णय गरेको थियो । त्यसपछि गौतम र एकीकृत समाजवादीमा नेताहरू संवादमा छन् ।

२०७८ भदौ १८ गते गौतमले नेकपा (एमाले) परित्याग गरेका थिए । त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए । त्यसपछि नेकपा एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहँदै आएका छन् । गौैैतम हाल राष्ट्रिय सभा सदस्य छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट