एकीकृत समाजवादीलाई प्रदेश अधिवेशन गर्न सकस, फागुनसम्म अन्तिम डेटलाइन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यहीँ पुस १९ र २० गते पोखरामा हुने भएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।
उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको जानकारी दिए ।
पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ ।
यद्यपि बाँकी कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने एकीकृत समाजवादीले प्रदेश अधिवेशन गर्न सकेको छैन । उसले फागुनसम्म बाँकी सबै प्रदेशमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
पार्टीले हालै नेताहरुको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस