रविविरुद्ध तीनवटा मुद्दा : रास्वपामा हलचल, आकस्मिक सचिवालय बैठक आह्वान
रविविरुद्ध तीनवटा मुद्दा दर्ता भएसँगै रास्वपामा हलचल मच्चिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालयको बैठक आह्वान गरेको छ ।
सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले आकस्मिकरूपमा सचिवालय बैठक आह्वान गरेको हो ।
आज (सोमबार)का लागि आह्वान गरिएको बैठकमा सभापतिविरुद्ध अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिबारे छलफल हुने उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए ।
सरकारी वकिल कार्यालय कास्कीले रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गरेको छ ।
रविविरुद्ध तीनवटा मुद्दा दर्ता भएसँगै रास्वपामा हलचल मच्चिएको छ । उनको सांसद पद निलम्बनमा परेको छ भने नेतृत्वमाथि पनि प्रश्न उठेको छ ।
बैठक अपरान्ह ४ः०० बजेका लागि बोलाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस