जिरकोन क्रिस्टल : पृथ्वीको सबैभन्दा पुरानो समय मापक
![](https://www.raibarpress.com/uploads/medias/WhatsAppImage2025-02-03at11.47.27AM.jpeg)
के तपाईंलाई थाहा छ, उल्लिखित यो सुक्ष्म नीलो रंगकोजिरकोन क्रिस्टल पृथ्वीको सबैभन्दा पुरानो प्रमाणित वस्तु हो । यो नै पृथ्वीको सुरुवाती इतिहास बर्णन गर्न सक्ने एक मात्र आधारभूत तत्व हो ।
अष्ट्रेलियाको ज्याक हिल्समा फेला परेका थुपै्र क्रिस्टलहरू मध्ये केही ४.४ अर्ब वर्ष पुराना छन्, जसले पृथ्वीको सुरुवाती दिनहरूको सबैभन्दा पुरानो भौतिक प्रमाण प्रदान गर्दछ । अन्य ढुंगाहरू समयसँगै घिस्रिएर नष्ट हुन्छन् वा केही पग्लिन्छन् पनि । तर, जिरकोन भने अत्यन्तै कठोर हुन्छ ।
क्रिस्टलहरूले हाम्रो पृथ्वीको उत्पत्तिबारे थुप्रै असाधारण झलक दिन्छन् । जसले पृथ्वी कसरी आगोको मुस्लोले भरिएको स्थानबाट आजको सुन्दर र जीवनले भरिपूर्ण संसारमा रूपान्तरण भयो भन्ने देखाउँछ ।
त्यसैले पृथ्वीमा हुने हलचलका बाबजुद जिरकोन जस्ता क्रिस्टलहरू अर्बौँ वर्षसम्म टिक्न सक्छन् । यही कारणले वैज्ञानिकहरू यसलाई ‘समय दर्पण’ को रूपमा प्रयोग गर्छन्, यसले पृथ्वीको इतिहासलाई अर्बौ वर्ष पछाडिसम्म पहिल्याउन र अति प्राचीन गोप्य तथ्यहरू खुलासा गर्न ठूलो मद्दत गर्छ ।
योजिरकोन क्रिस्टलबाट पृथ्वीको प्रारम्भिक इतिहासबारे अनगिन्ती तथ्यहरू प्रकाशमा आएका छन् । जसमध्ये सबैभन्दा रोमाञ्चक खोजमध्ये एक हो–४.३८ अर्ब वर्ष अघि नैपृथ्वीमा तरल पानी रहेको प्रमाण । यो प्रमाणले पृथ्वीको उग्ररूपले जन्म भएलगतै यहाँ महासागरहरू बनिसकेका हुन सक्छन् भन्ने देखाउँछ ।
जसले सम्भवतः जीवनको उत्पत्तिका लागि अनुकुल वातावरण सिर्जना ग¥यो । यसबाहेक, सो जिरकोनले प्रारम्भिक अवस्थामा पृथ्वी एक अति प्रतिकूल ठाउँ थियो भन्ने कुरा पनि बताउँछ । जहाँ सो समयमा ज्वालामुखी विस्फोट, उल्कापिण्डको ठक्कर, र चरम तापमान व्याप्त थियो । तर, यी कठिनाइहरूका बाबजुद पृथ्वी विस्तारै चिसो हुँदै गयो, जसले जीवनको पहिलो प्रारम्भिक रूपहरू विकसित हुन मद्दत गर्यो ।
वैज्ञानिकहरूले रेडियोमेट्रिक डेटिङ भन्ने विधिको प्रयोग गरेर जिरकोन क्रिस्टलहरूको उमेर निर्धारण गर्छन् । यस विधिले क्रिस्टलभित्र रहेको युरेनियमको कण समयसँगै कसरी सिसामा रूपान्तरण हुन्छ भन्ने मापन गर्छ । यही रेडियोमेट्रिक डेटिङ विधिबाट जिरकोन क्रिस्टलको उमेर ४.४ अर्व निर्धारण गरिएको हो ।
यस अर्थमा, यो जिरकोन क्रिस्टल पृथ्वीको जन्म भएको १४ करोड वर्षभित्रै निर्माण भइसकेको थियो । अचम्मको कुरा के छ भने पृथ्वीमा पाइएका यो जिरकोन लगायत केही जिरकोन क्रिस्टलहरू चन्द्रमा भन्दा पनि पुराना छन् । अतः यी साना क्रिस्टलहरूले हाम्रो पृथ्वीको उत्पत्तिबारे थुप्रै असाधारण झलक दिन्छन् । जसले पृथ्वी कसरी आगोको मुस्लोले भरिएको स्थानबाट आजको सुन्दर र जीवनले भरिपूर्ण संसारमा रूपान्तरण भयो भन्ने देखाउँछ ।
(लेखक फ्लोरिडा विश्वविद्यालय, अमेरिकाका पिएचडी स्कोलर हुन्)
तपाईको प्रतिक्रिया दिनुहोस