Techie IT
२०८२ वैशाख ७, आइतबार

काभ्रेमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

गत साताको अविरल वर्षाले ग्रामीण सडकसमेत अवरुद्ध भएपछि काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा स्थानीयलाई खाद्यान्न र अन्य सामग्री पठाउन ड्रोनको प्रयोग गरिएको छ।


गत साताको अविरल वर्षाले ग्रामीण सडकसमेत अवरुद्ध भएपछि काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा स्थानीयलाई खाद्यान्न र अन्य सामग्री पठाउन ड्रोनको प्रयोग गरिएको छ। आइतबारदेखि "हामी टिम नेपाल" नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा उक्त मगरगाउँमा चामल र खाद्यान्न सामग्री पठाउन थालेको हो।
 

आइतबारदेखि परीक्षण गर्दै मगरगाउँमा केही मात्रामा चामल र अन्य सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले जानकारी दिए। उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएका सामग्री पठाइनेछ। भौगोलिक विकटता र ग्रामीण सडक अवरुद्ध भएपछि यो संस्थाले ८५ परिवारका लागि ड्रोनको सहारा लिएको हो।
 

बाढीपहिरोबाट प्रभावित उक्त गाउँका ८५ परिवारलाई खाद्यान्न र राहत सामग्री आवश्यक भएको खबर पाएको पछि सडक नबन्दासम्म ड्रोनमार्फत सामग्री पठाउने उपाय अपनाइएको हो। हुमागाईँका अनुसार, त्यो गाउँमा खाद्यान्न, बिजुली र पोषणको समस्या देखिएको छ। आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, र बालबालिकाका लागि ल्याक्टोजिनलगायतका राहत सामग्री पठाइनेछ। पनौती बजारबाट उक्त गाउँसम्मको सडक क्षतिग्रस्त भएकाले १२ नम्बर वडाको भूमिडाँडाबाट ड्रोन उडाएर सामग्री पठाउन थालिएको हो। 

सामाजिक अभियन्ता हुमागाईँका अनुसार, ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिन्छ। "हावाको बहाव सामान्य रहेमा ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नत्र २० किलोग्रामका दरमा पठाउनेछौँ," उनले बताए। आइतबार कानुनी प्रक्रिया पूरा गर्न ढिलो भएको बताउँदै, आज ड्रोनमार्फत सामग्री पठाइने बताए।
 

संस्थाले अन्य स्थानहरूमा यस्तै समस्याहरूको खबर पाएका कारण प्राथमिकताका आधारमा ड्रोनमार्फत खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ। यसका लागि सबैभन्दा बढी क्षति भएका र सडक सम्पर्कविहीन बस्तीको तथ्याङ्क सङ्कलन गरिएको छ।
गत साताको बाढीपहिरोका कारण काभ्रेमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ, जसमा ७५ जना घाइते भएका छन्। यो सङ्ख्या देशभरको विपदमा मृत्यु हुने २९१ व्यक्तिमध्ये ३१.५६ प्रतिशत हो।
 

तथ्याङ्कअनुसार, देशभर बाढीपहिरोले २४४ जनालाई ज्यान गुमाउन बाध्य गरेको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेमा ३३ महिला, २८ पुरुष, ९ बालक र ७ बालिकाको मृत्यु भएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट