महिला टी–२० विश्वकप: भारतले पाकिस्तानलाई पराजित गर्यो
आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो।
पाकिस्तानले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो।
समूह ए मा रहेको भारतको यो दोस्रो खेलमा पहिलो जित हो। यसअघि भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो। पाकिस्तानको पनि यो दोस्रो खेलमा पहिलो हार हो; यसअघि पाकिस्तानले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।
अब भारतले बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ, जबकि पाकिस्तानले शुक्रबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस