Techie IT
२०८२ वैशाख ७, आइतबार

बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका बासिन्दालाई आवतजावतमा समस्या परेको छ।


त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका बासिन्दालाई आवतजावतमा समस्या परेको छ।

यही असोज १२ गतेको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारलाई जोड्ने झोलुङ्गे पुल बगाएपछि स्थानीय बासिन्दालाई दैनिक आवतजावतमा कठिनाइ भएको हो।

सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले भने, "ठेउवाटारबाट नजिकैको अर्को झोलुङ्गे पुलमा पनि बाढीले दुवैतर्फको लठ्ठा चुँडाएर क्षति पुर्याएको छ।" उनले स्थानीयवासीको ज्यानको जोखिममा हिँडडुल गर्नुपर्ने बाध्यता रहेको बताउँदै क्षतिग्रस्त पुलको मर्मत तुरुन्त आवश्यक भएको बताए।

ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से र बाहुनथोकका स्थानीयलाई त्रिशूली नदी तरेर कुरिनटारसम्म जानका लागि कुनै सहज विकल्प छैन," थापाले भने। "दिनहुँ आवतजावत गर्नुपर्ने ठाउँमा घण्टौँ लगाएर अर्को बाटो जानु भन्दा नजिकको क्षतिग्रस्त पुलबाट जोखिम मोलेर आवतजावत गरिरहेका छन्।

झोलुङ्गे पुल बगाउँदा त्यहाँका करिब २५० भन्दा बढी घरपरिवार समस्यामा परेको छ। "हावाहुरी आइहाल्यो भने लठ्ठा चुँडिएको पुल फर्किन पनि सक्छ," उनले थपे। "विद्यार्थीलाई विद्यालय तथा कलेज जान र किसानलाई उत्पादन गरेको दूध र तरकारी बजारमा पुर्याउन कठिनाइ भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट