जबरजस्ती करणीको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जनालाई पक्राउ गरिएको छ
तनहुँमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ब्यास नगरपालिका-६ स्याम्घाका ४३ वर्षीय पंचलाल दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

File Photo
तनहुँमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ब्यास नगरपालिका-६ स्याम्घाका ४३ वर्षीय पंचलाल दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनलाई बुधबार राति गरिएका घटनाबारेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, ओखलढुङ्गाबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका-३ बगाले टोलका ४० वर्षीय देवराज राईलाई पनि शनिबार साँझ पक्राउ गरिएको छ। राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। यस घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस