Techie IT
२०८२ वैशाख ७, आइतबार

मेजर जनरल सिंह ६ दिने भ्रमण पूरा गरी स्वदेश फर्किए

भारतीय सेनाका मेजर जनरल र थ्री गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमणपछि स्वदेश फर्किएका छन्।


भारतीय सेनाका मेजर जनरल र थ्री गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमणपछि स्वदेश फर्किएका छन्।

उनले गत १४ असोजमा काठमाडौंमा प्रवेश गरेका थिए र १९ असोजमा आफ्नो भ्रमण समाप्त गरेर फर्किएका हुन्।

नेपाल भ्रमणको क्रममा उनले विभिन्न उच्चस्तरीय भेटघाट र पोखरा भ्रमण गरेका थिए, जहाँ उनले वीरता पुरस्कार विजेता र वीर नारियोंलाई सम्मान गरे।

उनले नेपालमा रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण पनि गरेका छन्, र भूतपूर्व सैनिकहरूको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ विस्तार गर्न जोड दिएका छन्।

भ्रमणको क्रममा जनरलले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए।

उनले नेपालसँगको द्विपक्षीय सैन्य सम्बन्धलाई प्रगाढ बनाउन र दुई देशका सेनाबीचको सम्बन्ध सुदृढ पार्ने विषयमा संवाद गरेको भारतीय दूतावासले जानकारी दिएको छ।

मेजर जनरल देवगनको भ्रमण सफल र फलदायी रहेको दूतावासले जनाएको छ। उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन कुशल व्यावसायिक भूमिका खेलेको र नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणमा गरिएका प्रयासको प्रशंसा गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट