Techie IT
२०८२ वैशाख २७, शनिबार

चाडपर्वको तयारीमा बजार अनुगमन शुरु

सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई ध्यानमा राख्दै आजदेखि घुम्ती खाद्य प्रयोगशालासहित बजार अनुगमन सुरु गरेको छ।


सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई ध्यानमा राख्दै आजदेखि घुम्ती खाद्य प्रयोगशालासहित बजार अनुगमन सुरु गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ, ललितपुर र भक्तपुरमा दुईवटा मोबाइल भ्यानसहित अनुगमनको शुरुआत गरेको हो। 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, “सरकारका तर्फबाट खरिद गरिएका मोबाइल भ्यानहरू केही वर्षदेखि थन्किएका थिए, अब चाडपर्वका लागि खाद्य गुण परीक्षणको लागि बजारमा निस्किएका छौँ।”

मन्त्री अधिकारीले थप मर्मत गरिनु पर्ने दुई मोबाइल भ्यान पनि चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए।

हालको समयमै खानपानका कारण बिरामी बढेको उल्लेख गर्दै उनले उपभोक्ताले म्याद नाँघेका र असुरक्षित खाद्य वस्तुहरू नखाने उद्देश्यले परीक्षण सुरु गरिएको बताए।

पछिल्लो बाढीपहिरोले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बताउँदै उनले प्रारम्भिक अनुमान अनुसार करिब छ अर्बको क्षति भएको जानकारी दिए। राहतका लागि मन्त्रिपरिषद्मा छलफल भइरहेको पनि उनले जनाए। 

मृतक र बेपत्ता भएका परिवारलाई क्षतिपूर्ति मङ्गलबारदेखि वितरण सुरु भएको र दसैँ अगाडि सबै पीडितलाई राहत दिने प्रतिबद्धता व्यक्त गरे।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट