गगनसहित सांसदहरूले सरकारको पूर्वतयारीमा कमीको आलोचना गरे
सत्तारुढ दलका सांसदहरूले प्राकृतिक विपत्को पूर्वतयारी र उद्धारमा ढिलाइ हुँदा ठूलो जनधनको क्षति भएको बताएका छन्।

सत्तारुढ दलका सांसदहरूले प्राकृतिक विपत्को पूर्वतयारी र उद्धारमा ढिलाइ हुँदा ठूलो जनधनको क्षति भएको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले मौसम पूर्वानुमानका आधारमा ठूलो वर्षाको चेतावनी दिँदा पनि सरकारले लापरवाही गरेको जिकिर गरे।
कांग्रेस महामन्त्री गगनकुमार थापाले आलोचनालाई सरकारले स्वीकार गर्नुपर्ने बताउँदै उद्धार र राहतका कामलाई थप प्रभावकारी बनाउन सुझाव दिए। उनले विपद्को बेला सरोकारवाला निकायका प्रमुखहरूले सही रूपमा भूमिका नखेल्नेमाथि चित्तबुझ्दो ध्यानाकर्षण गरे।
धादिङको झ्याप्लेखोलामा रात्रिबस सञ्चालन नगर्ने निर्णय हुँदाहुँदै पनि बस चलाइएकाले ठूलो विपद् भएको उल्लेख गर्दै थापाले यसको छानबिन गर्न माग गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्को पूर्वतयारी राम्रो नभएको आरोप लगाउँदै, राजमार्गमा अलपत्र नागरिकको उद्धारमा गम्भीर ढिलाइ भएको बताए।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले काठमाडौंमा उद्धारमा ढिलाई भएको र यसले क्षति बढाएको उल्लेख गरे। उनले हवाई भाडा महँगो भएकाले यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।
तपाईको प्रतिक्रिया दिनुहोस