विश्वको समस्यासँग जुध्न सहकार्यको आवश्यकता छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार नेपाल प्रतिबद्ध रहेको बताएकी छन्।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार नेपाल प्रतिबद्ध रहेको बताएकी छन्।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएको मन्त्री राणाले बिहीबारको मन्त्रिस्तरीय बैठकमा यस्तो धारणा व्यक्त गरेकी हुन्।
उनले भनिन्, “हाम्रो साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नुपरेका चुनौतीहरूको सामना गर्नुपरेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो।” जलवायु परिवर्तनविरुद्ध लड्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको उनले जोड दिइन्।
हिमशृङ्खलामा परेको वातावरणीय असरले बाढी, पहिरो र पूर्वाधारको क्षति बढिरहेको उल्लेख गर्दै उनले यसलाई सम्बोधन गर्न सबै तहका व्यक्तिहरूले सहकार्य गर्न आवश्यक भएको बताइन्।
मन्त्री राणाले एशियाली देशहरूले यस्ता समस्यासँग जुध्न रणनीति निर्माण गर्नुपर्ने कुरा एशियाली सहकार्य संवादको उपादेयिता मापन गर्ने विषय हुने उल्लेख गरिन्।
उनका अनुसार, “हाम्रो दृष्टिकोण र प्रतिबद्धताले एशिया र विश्वलाई चुनौतीहरूको सामना गर्न सहयोग पुर्याउनेछ।” नेपाल सन् २०१६ देखि एशियाली सहकार्य संवादमा संलग्न हुँदै आएको उनले स्पष्ट पारिन्।
तपाईको प्रतिक्रिया दिनुहोस