बिजुलीले दुई जनाको मृत्यु
कञ्चनपुरको डोधरा चन्दानी नगरपालिकामा बिजुलीका कारण दुई जनाको मृत्यु भएको छ।

कञ्चनपुरको डोधरा चन्दानी नगरपालिकामा बिजुलीका कारण दुई जनाको मृत्यु भएको छ।
मृतकमा नगरपालिका-६ का ३४ वर्षीय यम बहादुर सुनार र जिल्ला स्थित लालझाडी गाउँपालिका-१ का २८ वर्षीय हीरामती राणा छन्, जिल्ला प्रहरी कार्यालयका उप निरिक्षक उमेश जोशीले जानकारी दिएका छन्।
डोधरा चन्दानी नगरपालिका का ३७ वर्षीय जगदिश सुनार भने यस घटनामा घाइते भएका छन् र उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनी रूखको छायाँमा आश्रय लिँदै गर्दा बिजुलीले हिर्काएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस