Techie IT
२०८२ वैशाख १०, बुधबार

अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. दुर्लभ कुमार थापाप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं । ९७ वर्षको उमेरमा वैशाख ९ गते दिवंगत हुनुभएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित नेपाल प्रहरीद्वारा अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण समारोहको आयोजना गरियो ।

श्रद्धाञ्जली समारोहमा प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू लगायतले स्व. थापाको पार्थिव शरीरमा फूलमाला चढाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको पार्थिव शरीरलाई आज प्रहरी वृत्त गौशालाको प्राङ्गणमा राखी दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पण गरी तत् पश्चात पशुपति आर्यघाटसम्म शवयात्रा गरिएको  थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, सिनियर प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरू एवम् स्व. थापाका आफन्तजनले समेत उहाँको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. दुर्लभ कुमार थापाले २०११ कार्तिक ३० गते नेपाल प्रहरीको जनपदतर्फ सुवेदार पदमा नियुक्त भई २०१२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएकोमा २०३५ साउन ३१ देखि २०३९ जेठ ३१ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रही असल एवम् अनुकरणीय प्रहरी अधिकृतको रूपमा संगठनमा उच्च व्यवसायिक छवि निर्माण गर्नुभएको थियो ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट