भरतपुरमा सडक उद्घाटन कार्यक्रम स्थानीयद्वारा बहिष्कार, प्रधानमन्त्रीको विरोधमा भव्य नाराबाजी

काठमाडौं । भरतपुर पुलचोक–गोन्द्राङ–६ लेन सडकको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानीयले विरोध गरेका छन् ।
भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने सडक एसियाली मापदण्डअनुसार प्रधानमन्त्रीले आफूले बनाएको अभिव्यक्ति दिएपछि स्थानीयले विरोध गरेका हुन् ।
उनले गलत अभिव्यक्ति दिएको भन्दै कार्यक्रमस्थलमा ओलीविरुद्ध स्थानीयले नाराबाजी गरेका थिए । नाराबाजी गर्दै कार्यक्रमस्थलतर्फ स्थानीयहरू आक्रोशित भएपछि प्रहरीले छेकबार गरेको थियो ।
त्यसपछि स्थानीय बासिन्दाहरूले प्रधानमन्त्रीको सडक उद्घाटन कार्यक्रम नै बहिष्कार गरेर हिँडेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस