प्रधानमन्त्री ओली र शिक्षक महासंघका पदाधिकारीबीच भेटवार्ता हुँदै, आन्दोलन तुहिने आशंका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षक महासंघका पदाधिकारीबीच भेटवार्ता हुने भएको छ ।
१७ दिनयता आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि प्रधानमन्त्री र महासंघका पदाधिकारीबीच भेटवार्ता हुने भएको हो ।
शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले प्रधानमन्त्री र आफूहरूबीच आज (शुक्रबार) बेलुका भेटवार्ता हुने बताएका छन् ।
प्रधानमन्त्रीसँगको भेटवार्ता हुनुअघि महासंघका पदाधिकारीबीच आपसी छलफल भइरहेको थापाले बताए ।
यसअघि शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच पटकपटक छलफल भए पनि सहमति जुटेको छैन ।
सरकारले शिक्षकहरूले माग सम्बोधनका लागि यहीँ बैशाख १२ गते संसद् अधिवेशन बोलाएको छ भने आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीको आश्वासनमा कतै आन्दोलन तुहिने त होइन भन्दै आशंका गरेका छन् ।
प्रधानमन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच बुलेका ७ बजे भेटवार्ता हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस