यी हुन् कांग्रेस–एमाले परित्याग गरेर माओवादीमा प्रवेश गर्ने नेता/कार्यकर्ताहरू (नामावलीसहित)
_3.png)
कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत बहादुरगञ्जमा विशाल जनसभा जारी छ ।
कार्यक्रमको सुरुआतमा अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
नवप्रवेशी नेताहरूमा नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य रहित साह, नेपाली कांग्रेसका पूर्ववडा अध्यक्ष संजय गुप्ता र नेकपा (एमाले) का पूर्ववडा अध्यक्ष मसरोफ आलमलगायत स्थानीय नेताहरू छन् ।
प्रचण्डले आफ्नो सम्बोधनमा माओवादी आन्दोलनको उद्देश्य, तराई–मधेसको विकास, हुलाकी राजमार्गको भूमिका, र सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानमा पार्टीको दृष्टिकोण प्रस्तुत गरेका छन् ।
उहाँले हालैको सरकार परिवर्तनप्रति गम्भीर असन्तुष्टि जनाउँदै भने, ‘मैले भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान सुरु गर्दा सुरु गर्दै, रातको अध्यारोमा सहमति गरेर सरकार ढालियो । तपाईंहरूले संख्याको बलमा अलोकतान्त्रिक रूपमा हटाउनुभयो, तर म जनतामा जान्छु र जनताको मतको बलमा पुनः फर्कन्छु। भ्रष्टहरूलाई छोडिन्न भनेर भनेको छु ।’
तपाईको प्रतिक्रिया दिनुहोस