तीनकुनेमा हिंसा मच्चाउने धवललाई छोड्दै
_3.png)
काठमाडौं । काठमाडौं तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई छाड्ने तयारी भएको छ ।
तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा एक जना पत्रकार र अर्का एक जनाको ज्यान गएको थियो ।
उक्त प्रदर्शनको एक नेतृत्व महामन्त्री राणाले गरेको भन्दै पक्राउ गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।
तर, उनलाई आजै (शुक्रबार) छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
उनलाई उपचारका लागि छाड्ने तयारी भएको उक्त स्रोतले जानकारी दिएको छ ।
उनलाई कानुनी प्रक्रिया पुर्याएर पुनः कानुनकै दायरामा ल्याइने छ ।
तपाईको प्रतिक्रिया दिनुहोस