बन्दुक त्यागेका विप्लव कृषिमा : लेकमा स्याउ, बेसीमा खुर्सानी रोप्दै, आत्मनिर्भरको बाटोमा कार्यकर्ता
_5.png)
काठमाडौं । तत्कालीन माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्वन्द्वका एक कमाण्डर नेत्रविक्रम चन्द ‘विप्लव’ सी कृषि उत्पादनमा लागेका छन् ।
माओवादी शान्ति वार्ता र मूलधारको राजनीतिमा आए पनि विप्लव उहीँ पुरानै द्वन्द्वको झल्को दिनेगरी गाउँदेखि शहरसम्म नेकपाको संगठन निर्माण गरिरहेका थिए ।
तर, उनी पनि केही वर्ष पहिले मूलधारको राजनीतिमा आएका छन् । विप्लव मूलधारको राजनीतिमा आएसँगै कृषिमा केन्द्रित भएका छन् । उनी अहिले देशका विभिन्न ठाउँमा हावापानी सुहाउँदो फलफूल रोपिरहेका छन् ।
यतिबेला विप्लव अर्घाखाँचीको शीतगंगामा अकबरे खुर्सानी रोपिरहेका छन् । कृषि जनकम्युनका महासचिव विप्लवले १५ जना कार्यकर्तासहितको टोलील अकबरे खुर्सानी रोपिरहेको नेकपा निकट क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।
सामूहिक व्यावसायिक कृषि उत्पादन आत्मनिर्भरताका लागि अनिवार्य भएको विप्लवको भनाइ उद्धृत गर्दै उनले बताए । यसअघि जुम्ला पुगेर विप्लले स्याउका विरुवा रोपेका थिए भने उनले देशैभर कृषि उत्पादनमा आफ्ना कार्यकर्तालाई जोडिरहेका छन् ।
केही दिन अगाडि कालीकोट पुगेर उनले भेडा फर्मको पनि उद्घाटन गरेका थिए । उनी काठमाडौंभन्दा आफ्नो गृहजिल्ला कपिलवस्तु केन्द्रित छन् । त्यहाँ नेकपाले कयौँ बिघाहा खेतमा धानखेती गरिरहेको छ ।
नेकपाले सामुहिक कम्युनको स्थापना गरेर व्यवसायिक कृषि उत्पादनतर्फ जोड दिएको छ । व्यवसायी कृषि उत्पादनमा लागेका उनका कार्यकर्ता पनि आत्मनिर्भर उन्मुख भएको पत्रकार डुम्रे बताउँछन् ।
विप्लव सामाजवादी मोर्चाका संयोजक पनि हुन् । उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी मोर्चा, नेपाल समाजवादी पार्टी र नेकपामा आवद्ध छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस