आन्दोलित शिक्षकलाई धपाउन कांग्रेस–एमालेले यातायात व्यवसायी उतार्दै, सडकमै गाडी तेर्स्याउने चेतावनी

काठमाडौं । १७ दिनदेखि जारी शिक्षकहरूको आन्दोलनले यातायात सेवा अवरुद्ध भएको छ ।
माइतीघर हुँदै नयाँबानेश्वरमा चल्ने सार्वजनिक यातायात सेवा अवरुद्ध भएको हो ।
यातायात सेवा अवरुद्ध भएको भन्दै हिजो (बिहीबार) सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको छ ।
उसले जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेस्र्याउने महासंघले चेतावनी दिएको छ ।
शिक्षकहरूले भने आफूहरूको माग सम्बोधन गर्नुको साटो सत्तारूढ दलले नै यातायात व्यवसायीलाई उक्साएको आरोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस