तराई–मधेश क्षेत्रमा आज जितिया पर्व मनाइँदैछ
नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू र मधेसी समुदायले आज जितिया पर्व मनाउँदैछन्।

नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू र मधेसी समुदायले आज जितिया पर्व मनाउँदैछन्। विशेषगरी आमाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सफलता र पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्छन्।
यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिमा थारू र मधेसी महिलाहरू कठोर उपवास बस्छन्। यो पर्वमा शरीर, मन र आत्मा शुद्धीकरण गर्दै विभिन्न शुद्ध परिकार तयार गरेर खाने र खुवाउने परम्परा प्राचीनकालदेखि चल्दै आएको छ।
मिथिलाञ्चल क्षेत्रमा "नहा खा" अर्थात् नुहाएर खाने विधी सोमबारबाट यो पर्व सुरु भएको हो, जसको विशेष महत्त्व छ। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाइन्छ। हिजो बिहान ४ बजेदेखि सुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज अपराह्न ५ बजे समाप्त हुनेछ।
यो पर्वलाई जीवितपुत्रिका व्रतको नामले पनि चिनिन्छ। पूजाआजामा वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, सखर, भिजाएको केराउ, दही–च्युरा, र कम्तीमा पाँच प्रकारका फलफूलजस्ता सामग्री प्रयोग गरिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस