रास्वपा निवर्तमान प्रदेश इन्चार्जद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोशी प्रदेशका निवर्तनमान इन्चार्ज तथा केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारीले पार्टी परित्याग गरेका छन् ।
हिजो (बिहीबार) बसेको केन्द्रीय कमिटीको निर्णयमा आपत्ति जनउँदै भण्डारीले पार्टी परित्याग गरेका हुन् । उनले पार्टीका कार्यबाहक सभापतिलाई एक पत्र लेख्दै राजीनामा दिएका हुन् ।
बिहीबार बसेको रास्पाको केन्द्रीय कमिटीको बैठकले नयाँ प्रदेश इन्चार्ज तोकेकोमा आपत्ति जनाउँदै उनले राजनीनामा दिएका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस