Techie IT
२०८२ वैशाख ६, शनिबार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । 

जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबारझैँ आज पनि चाँदी प्रतितोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट