शुद्धोधन गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि प्रहार भएको छ । हिजाृ (बिहीबार) मध्यरातमा उनीमाथि गोली प्रहार भएको हो ।
मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा राति ११ः३० बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
चौधरी शौचालयबाट फर्किने क्रममा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस