Techie IT
२०८२ वैशाख ६, शनिबार

देउवाको निर्देशन महामन्त्री विश्वप्रकाशले लत्याए, भने– प्रधानमन्त्री ओलीको टिममा बस्न सकिन्नँ


काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन महामन्त्री विश्वप्रकाश शर्माले लत्याएका छन् । 

आज (बिहीबार) पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरूको बैठकमा मन्त्री र नेताहरूलाई सरकारविरुद्ध अभिव्यक्ति नदिन सभापति देउवाले निर्देशन दिएका थिए । 

तर, उनले दिएको निर्देशनको चौबिस घण्टा नबित्दै शर्माले सरकारविरुद्ध आफ्नो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काम गर्न असहज भएको भए आफ्नै टिम तयार पार्न आग्रह गरेका छन् । 

उनले प्रधानमन्त्रीको टिममा रहेर कांग्रेस काम गर्न सक्दैन । त्यसैले उनले आफ्नो टिम बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

कांग्रेस सत्तापक्षकै बेन्चमा बसेर पनि सरकारका कमी कमजोरीप्रति प्रश्न गर्ने ठाउँमा हुनुपर्ने शर्माको भनाइ छ । 

उनले भने, ‘कांग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने । भोलि कांग्रेसको प्रधानमन्त्रीबन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमी कमजोरीप्रति प्रश्न गर्छ ।’
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट