Techie IT
२०८२ वैशाख ६, शनिबार

जिउँदै पत्रकार जलाउने र लुटपाट मच्चाउने राजावादी झन् आक्रामक, निषेधित क्षेत्रमै प्रदर्शनको तयारी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यहीँ बैशाख ७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । 

आज (बिहीबार) बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौंमा देशैभरका राप्रपाका नेता÷कार्यकर्ता र राजाका समर्थक उतार्ने अध्यक्ष राजेन्द्र लिङ्देनलले जानकारी दिए । 

उनका अनुसार बैशाख ७ गते राप्रपाको नेतृत्वमा काठमाडौंमा भव्य प्रदर्शन हुँदैछ । उक्त प्रदर्शनमा निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी भएको लिङ्देनले बताएका छन् । 

बैठकको समापन पश्चात् अध्यक्ष लिङ्देनले भने, ‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ । त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौँ ।’

यसअघि राजावादीले तीनकुनेमा भव्य प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा पत्रकार सुरेश रजकको आगोमा चलेर ज्यान गएको थियो भने एक प्रहरीको गोली लागेर मृत्यु भएको थियो । 

यसका साथै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले लुटपाट मच्चाएका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट