Techie IT
२०८२ वैशाख ६, शनिबार

मन्त्री र नेताहरूलाई सरकारको पक्षमा बोल्न देउवाको निर्देशन, गगन र विश्वप्रकाशको अटेरी


काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको पक्षमा बोल्न निर्देशन दिएका छन् । 

आज (बिहीबार) बूढानीलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारी, मन्त्री र नेताहरूको संयुक्त बैठकमा देउवाले सरकारको पक्षमा बोल्न निर्देशन दिएका हुन् । 

‘अहिले दायाँबायाँ केही पनि छैन । सरकारको पक्षमा बोल्ने हो नि । असन्तुष्टि पार्टीभित्र र संयन्त्रमा राखौँ बाहिर सरकारको पक्षमा बोल्ने हो,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

पछिल्लो समयमा महामन्त्रीद्वय थापा र शर्मा सरकारको प्रखर विरोध गरिरहेका छन् ।

हिजो (बुधबार) बसेको संयन्त्रको बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारकोविरूद्धमा संयन्त्रमै रहेका व्यक्तिको विरोध उचित नभएको भन्दै सचेत गराउन देउवालाई आग्रह गरेका थिए ।  

तर, देउवाले संयन्त्रको बैठकमा व्यक्तिगत आलोचनालाई रोक्न नसकिने र उक्त आलोचना पार्टीगत नभएको जवाफ दिएका थिए । 

तथापि थापा र शर्माले राम्रो कामको प्रशंसा गरे पनि नराम्रो कार्यको खुलेर विरोध गर्ने बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट