सरकार टिकाउने पक्षमै कांग्रेस, महामन्त्रीद्वयलाई शान्त पार्न देउवाले सुटुक्क बोलाए आफ्नै निवासमा

काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका नेताहरूलाई बोलाएका छन् ।
केही बेरअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरूलाई देउवाले आफ्नै निवास बूढानीलकण्ठ बोलाएका हुन् ।
कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धनमा चुलिएको चरम असन्तुष्टिबारे छलफल गर्न उनले पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी र नेताहरूलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएका छन् भने विभिन्न सार्वजनिक कार्यक्रममा आपत्ति जनाउँदै आएका छन् ।
यद्यपि देउवाले भने हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् भने उनी सकभर कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार भत्काउने पक्षमा देखिँदैनन् ।
हिजो (बुधबार) कांग्रेस एमालेको दुई दलीय संयन्त्रको बैठकमा गगन थापा उपस्थित थिएनन् ।
तपाईको प्रतिक्रिया दिनुहोस