रास्वपा सहमहामन्त्रीबाट सुमनाको राजीनामा, दोहोरो पद धारण गरेका नेतामाथि नैतिक प्रश्न

काठमाडौं । संघीय सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।
पार्टी सभापति रवि लामिछाने पुनः पार्टीमा फर्किएकै दिन उनले राजीनामा बुझाएकी थिइन् । तर, उनको राजीनामाको सम्बन्धमा पार्टीमा छलफल हुने भन्दै सुमनालाई रोकिएको रास्वपा उच्च स्रोतले भन्यो ।
आज (बिहीबार) रास्वपा केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठकमा उनको राजीनामा पेस हुने बताइएको छ ।
सुमनाले एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा राख्दै आएकी छन् । सोही अनुसार आफूले राजीनामा दिएको सुमना श्रेष्ठको भनाइ छ ।
उनले सहमहामन्त्रीबाट राजीनामा दिएसँगै पार्टीमा दोहोरो पद धारण गरेका अन्य नेता तथा सांसदमाथि पनि नैतिक प्रश्न खडा भएको छ ।
सहकारी ठगी प्रकरण सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस