रास्वपा सभापति जेलमा कार्यवहाकको नेतृत्वमा सचिवालय बैठक आह्वान, यी हुन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवहाक सभापति डिपी अर्यालले सचिवालय बैठक आह्वान गरेका छन् ।
बैठक भोलि (बिहीबार) दिउँसो २ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा आह्वान गरिएको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए ।
झाका अनुसार महाधिवेशन कार्य विवरणसम्बन्धी, विशेष रिपोर्टिङ अन्तर्गत जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सवलीकरणलगायत विविध एजेण्डामा छलफल हुनेछ ।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस