Techie IT
२०८२ वैशाख ३, बुधबार

आन्दोनरत शिक्षकलाई संसद् अधिवेशन देखाउँदै भिडिओ सन्देशमार्फत शिक्षामन्त्रीको सान्त्वना


काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले आन्दोनरत शिक्षकहरूलाई भिडिओ सन्देशमार्फत सान्त्वना दिएकी छन् । शिक्षकहरूको माग यथाशीघ्र सम्बोधन गर्ने भन्दै उक्त सन्देशमार्फत सन्त्वना दिएकी हुन् । 

भिडियो सन्देश जारी गर्दै मन्त्री भट्टराईले माग सम्बोधन गर्नका लागि नै संसद्को अधिवेशन आह्वान गरेको समेत बताएकी छन् । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।‘१५ दिनदेखि शिक्षकहरू सडकमा हुनुहुन्छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका मागलाई सम्बोधन गर्नेगरी केही निर्णयहरू गरेको छ ।

 शिक्षकहरूले निरन्तर रूपमा भन्दै आउनुभएको विद्यालय शिक्षा विधेयक–२०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निरन्तर छलफलमा रहिरहेको छ । यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरियोस् भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकले वैशाख १२ बजे १ बजे त्यही विषयलाई समेत सम्बोधन हुनेगरी संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ,’ उनले भनिन् । 

शिक्षकहरूले ‘छिटो संसद् आह्वान गरेर आफ्ना विषयलाई सम्बोधन गरियोस् । शिक्षकहरूसँग हामी निरन्तर संवादमा छौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर उहाँहरूसँग संवाद गर्नका लागि वातावरण बनोस् भनेर त्यही कार्यमा छौँ,’ उनले भिडिओ सन्देशमार्फत भनेकी छन् । 

शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन् । आन्दोलनकै कारण परीक्षा, उत्तरपुस्तिका जाँच र नयाँ भर्ना कार्यक्रम प्रभावित बनेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट