Techie IT
२०८२ वैशाख ३, बुधबार

राजावादी आन्दोलनको निहुँमा सत्ता हत्त्याउने प्रचण्डको प्रयास असफल, हिँडे अभियानमा


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता हत्त्याउने प्रयास असफल भएको छ । 

राजावादीहरूको आन्दोलनको निहुँमा उनले सत्ता हत्त्याउन गरेको प्रयास असफल भएको हो । 

यतिबेला माओवादी केन्द्र ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’मा छ । माओवादी अभियानको क्रममा काठमाडौंमा राजावादीहरूले भव्य प्रदर्शन गरेका थिए । 

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक महिने भ्रमण सकाएर गत फागुन २५ गते काठमाडौं फर्किएका थिए । उनी काठमाडौं आउने भएपछि राप्रपा लगायतका राजावादीहरूले स्वागतको निहुँमा भव्य प्रदर्शनसमेत गरेका थिए । 

उनीहरूको प्रदर्शनले मूलतः माओवादी केन्द्रको अभियान प्रभावित बनेको थियो । अभियान नै स्थगित गरेर पार्टीका शीर्ष नेताहरू काठमाडौं फर्किएका थिए । 

काठमाडौं फर्किएका माओवादी नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटको क्रममा तीन ठूला दल कांग्रेस–एमाले–माओवादी नेतृत्वको राष्ट्रिय सरकार गठनको चर्चा चुलिएको थियो । 

तर, सत्तारूढ कांग्रेस–एमालेले नमानेपछि चर्चा हल्लामा सीमित भयो । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पटकसम्म अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएका थिए । 

उनले आफ्ना विश्वास पात्रमार्फत कांग्रेस–माओवादी सरकार गठनको प्रयास गरेको कांग्रेसनिकट स्रोत बताउँछ । स्रोतका अनुसार पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, उपमहासचिव शक्ति बस्नेत, देवेन्द्र पौडेल लगायतका नेताहरू र कांग्रेसका केही नेतबीच पटकपटक भेटवार्ता भएको थियो । 

भेटवार्ताको क्रममा माओवादी नेताहरूले राजावादीहरू सक्रिय हुनुमा प्रधानमन्त्री ओलीको कमजोरी भएको बताएका थिए । कांग्रेसका नेताहरूले भने राजावादीलाई सत्ताको बल प्रयोग गरेर भएपनि माथि उठ्न नदिने वचत दिएका थिए । 

वार्ताकै क्रममा कांग्रेसलाई एमालेसँगको सत्ता सहकार्य तोड्न आग्रह गरेका थिए । तथापि सभापति देउवा त्यसका लागि तयार नभएको भन्दै माओवादी नेतालाई थप प्रयास नगर्न आग्रह गरेको स्रोत बताउँछ । 

त्यसपछि प्रचण्डले देउवालाई गोप्य तरिकाले भेट्न र संवादलाई अगाडि बढाउन कोसिस गरेको कांग्रेसका एक नेताले बताए । त्यसका लागि देउवा तयार नभएपछि प्रचण्ड पुनः आन्दोलनमा फर्किएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट