Techie IT
२०८२ वैशाख ३, बुधबार

गगन मधेस झरेपछि दुई दलीय सत्ता संयन्त्रको बैठक अन्योल, एमाले नेताहरूमा सत्तापलटको शंका


काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस र साझेदार एमाले सम्मिलित दुई दलीय सत्ता संयन्त्रको बैठक बस्ने भएको छ । बैठक आज (बुधबार) बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एमाले उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । 

तर, कांग्रेस महामन्त्री तथा दुई दलीय संयन्त्रका सदस्य गगनकुमार थापा मधेस झरेका छन् । उनी आज बिहानै मधेस प्रदेशको बारा–३ मा आयोजना गरिएको पार्टी क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिमरा झरेका हुन् । 

उनी सिमरा झरेपछि संयन्त्रको बैठक बेलुका बस्ने वा नबस्ने टुंगो नलागेको कांग्रेस नेता ऐन महरले बताए । उनका अनुसार गगनजी बाहिर (सिमरा) जानुभएको छ । उहाँ आएपछि मात्रै बैठक बस्नसक्छ । 

पूर्वनिर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा कांग्रेस बारा–३ को क्षेत्रीय सम्मेलनमा सहभागी हुने निश्चित भएको छ । उक्त सम्मेलनमा सहमहामन्त्री फर्मुला मनसुरसहितको नेताले सम्बोधन गर्ने कार्यक्रममा तय गरिएको छ ।

सम्मेलनलाई सम्बोधन गरेपछि उनी काठमाडौं फर्किनेछन् । संयन्त्रको बैठक हुने सूचना पाएपनि थापा मधेस झरेपछि एमालेका केही नेताले सत्ता पलटको शंका गर्न थालेका छन् । 

संयन्त्रको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । हिजो (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । 

भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट