प्रधानमन्त्री ओली र देउवाबीच गोप्य भेटवार्ता, कांग्रेस–एमालेका शीर्ष नेताहरू नै बेखबर
.png)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
पछिल्लो समय सरकारको कार्यशैलीप्रति कांग्रेसका शीर्ष नेताहरूको चरम असन्तुष्टिका बाबजुद प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको हो ।
पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारको गठन नयाँ वर्षमै हुने अभिव्यक्ति दिएपछि ओली–देउवाको भेट भएको हो । उक्त भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ ।
उनीहरूबीच भएको गोप्य भेटवार्तामा सरकारको काम कारबाहीलाई गति दिनेबारे छलफल भएको स्रोतले बताएको छ । स्रोतका अनुसार वर्तमान सरकारलाई नै गति दिने देउवा–ओलीको निष्कर्ष छ ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको बेडरुममै बिचौलियाको प्रवेश रहेको खुलासा गरेका छन् । त्यस्तै कांग्रेस संस्थापन इतरपक्षका नेता डा.शेखर कोइरालाले पनि सरकारको खुलेर विरोध गरेका छन् । अर्का नेता एनपी साउदले कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धनले जनतामा चरम निराशा छाएको टिप्पणी गर्दै आएका छन् ।
यसैबीच प्रधानमन्त्री र देउवाबीच मंगलबार बालुवाटारमा झन्डै एक घण्टा लामो भेटवार्ता भएको छ । उक्त भेटवारे कांग्रेस–एमालेका शीर्ष नेताहरू नै बेखबर छन् । उनीहरूमध्ये अधिकांशलाई भेटवार्ता भएको पत्तो नै छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस