प्रधानमन्त्री ओलीको बेडरुममै बिचौलियाको पहुँचले अर्थतन्त्र धरापमा छ : महामन्त्री थापा

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुममै बिचौलियाको पहुँच रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको बेडरुममै बिचौलियाको पहुँच भएकोले अर्थतन्त्र धरापमा परेको बताएका हुन् ।
उनले बिचौलियाको पहुँच नेतृत्व तहको बेडरुममै हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताए ।
‘हाम्रो अर्थतन्त्रमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ,’ उनले भने, ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’
तपाईको प्रतिक्रिया दिनुहोस