शिक्षकहरूको माग सम्बोधनका लागि छलफलमा अर्थ, गृह र शिक्षामन्त्री, प्रधानमन्त्रीको बेवास्ता
_2.png)
काठमाडौं । शिक्षकहरूको माग सम्बोधनका लागि अर्थ, गृह र शिक्षामन्त्री छलफलमा जुटेका छन् ।
विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित शिक्षकहरूले आफ््ना माग सम्बोधन नभएसम्म विद्यालयमा नफर्किने अडान राखेपछि अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराई छलफलमा जुटेका हुन् ।
सिंहदरबारस्थिर अर्थमन्त्रालयमा उनीहरू छलफलमा जुटेको शिक्षामन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लिग मन्त्रीहरुको बैठक बसेको हो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म शिक्षकको मागलाई गम्भीरताका साथ लिएका छैनन् । बरु उनले सबै माग पूरा हुन नसक्ने भन्दै शिक्षकलाई त्रसित बनाएका छन् ।
अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ ।
शिक्षकहरूको आन्दोलनले कक्षा १२ को परीक्षा, नयाँ भर्ना कार्यक्रम र एसईई उत्तर पुस्तिका जाँचमा प्रभाव गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस