Techie IT
२०८२ वैशाख ६, शनिबार

प्रचण्डको शिक्षकलाई ढाडस– माओवादी नेतृत्वको सरकार बनेकै दिन माग सम्बोधन हुन्छ


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको माग सम्बोधनका लागि सरकारले हेलचक्र्याइँ गरेको आरोप लगाएका छन् । 

हुलाकी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेस’ जागरण अभियानअन्तर्गत देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गर्ने क्रममा उनले अहिले शिक्षकहरू आफ्नो माग सम्बोधनका लागि हप्तौँ सडकमा उत्रिँदा पनि सरकारले हेलचक्र्याइँ गरेको आरोप लगाएका हुन् । 

प्रचण्ड भने, ‘शिक्षकहरू आफ्नो माग सम्बोधनका लागि सकडमा उत्रिनु अन्यथा होइन । तर, सधैँ सडकमा आउने वातावरण बनाउनु सरकारको गैरजिम्मेवारपन हो । सरकारले उहाँ (शिक्षक)हरूको माग तत्काल सम्बोधन गर्नुपर्छ ।’ 

कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले शिक्षकमाथि अन्याय गरेको बताए । ‘यो सरकारप्रति जनताको चरम निराशा छ । जनतालाई आशा दिलाउने कुनै कार्य गरेको छैन । यतिबेला राजनीतिक अवस्था निकै संकटमा छ । यसको प्रत्यक्ष मारमा शिक्षकहरू पर्नु भएको छ । यो राम्रो होइन,’ उनले भने । 

प्रचण्डले वर्तमान सरकारले शिक्षकको माग सम्बोधन गर्न नसक्ने तर्क गरे । बरु नेकपा (माओवादी केन्द्र) सत्तामा हुँदा शिक्षकप्रति गम्भीर बनेको बताए । उनले शिक्षकलाई ढाडस दिँदै भने, ‘सरकारले शिक्षकका माग सम्बोधन गर्न सकेन । माओवादी नेतृत्वको सरकार बने सबै माग पूरा गर्छ ।’

शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट