Techie IT
२०८२ वैशाख ३, बुधबार

शिक्षकद्वारा १२ कक्षाको परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार, एसईईको उत्तरपुस्तिका जाँचमा रोक


काठमाडौं । आन्दोलनरत शिक्षकहरूले १२ कक्षाको परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने निर्णय गरेका छन् । गत चैत २० गतेबाट शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनरत शिक्षकले उक्त निर्णय गरेका हुन् । 

शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माइतीघर–नयाँबानेश्वर क्षेत्रमा आन्दोलन गर्दै आएका छन् । सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरेको छ । तर, उनीहरूले माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने बताएका छन् भने सबै शैक्षिक गतिविधि ठप्प पार्ने निर्णयमा पुगेका छन् । 

सोमबार साँझ बसेको महासंघको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

यस्तै महासङ्घले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन अपील गरेको छ । शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तर पुस्तिका परीक्षणको काम पनि सुरु हुन सकेको छैन ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट