शिक्षकको मागप्रति सरकारभन्दा कांग्रेसको सक्रियता, महामन्त्रीद्वय निरन्तर छलफलमा
.jpg)
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकारभन्दा कांग्रेसले सक्रियता देखाएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा शिक्षकहरूको माग सम्बोधनका लागि निरन्तर छलफलमा छन् । उनीहरूले विभिन्न सार्वजनिक कार्यक्रममा शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन् ।
सोमबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपान ललितपुरमा महामन्त्रीद्वले शिक्षक महासंघका पदाधिकारीलगायत अगुवाहरूसँग छलफल गरेका छन् । शिक्षकहरूको मागबारे महामन्त्रीद्वयले पहलकदमी लिने गरी छलफल भएको शिक्षक महासंघले जनाएको छ ।
सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन गराउन भन्दै उनीहरूले निर्णायक दबाबका लागि आन्दोलन गरिरहेका छन् । शिक्षकहरूको माग पूरा गर्न कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै आएका छन् ।
गत वर्ष चैत २० गतेबाट आन्दोलनरत शिक्षकले आन्दोलनलाई जारी राखेका छन् भने चैत २५ गतेबाट शैक्षिक हड्ताल गरेरै उनीहरू काठमाडौं केन्द्रित छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस