पूर्वराजाले तीनकुने घटनाबारे के भने ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् ।
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन् ।
राजसंस्था पुनस्र्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो । शाहले उक्त घटनामाबारे आफू अत्यन्तै दुःखी भएको बताएका छन् ।
‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुस्ख लाग्यो,’ शाहले विज्ञप्तिमा भनेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस