Techie IT
२०८२ वैशाख २, मंगलबार

रविको मुद्दामा सकियो सुनुवाइ, आदेश आउन ढिलाइ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ सकिएको छ । 

सहकारी ठगी र संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको निवेदनमा सुनुवाइ सकिएको हो । 

आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको उक्त निवेदनमा केहीबेर अघि सुनुवाइ सकिएको सर्वोच्च अदालतले जनाएको छ । 

चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेका थिए । 

त्यसविरूद्ध लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावल, नारायण कँडेल र आशिष थापासहितले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सर्वोच्चले केही बेरमा लामिछानेलाई थुनामै राख्ने कि साधारण तारेखमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने भन्नेबारेमा आदेश दिने बताइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट