Techie IT
२०८२ वैशाख २, मंगलबार

नेपाललाई हराउँदै कुवेतले उचाल्यो उपाधि


हङकङमा भएको चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो ।

नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो । कुवेतका लागि रविजा सान्दारुवनले ३६ बलमा ६३ रन बनाए । नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए ।

नेपाललाई बसिर अहमद र नन्दन यादवले जित नजिक पुर्‍याए पनि पर्याप्त भएन । बसिर र नन्दनले एक समय ९२ रनमा ८ विकेट गुमिसकेको अवस्थाबाट खेललाई उकासेका थिए । 

बसिरले ४३ बलमा ८ चौका र ४ छक्का सहित ८० रन बनाए। नन्दनले १४ बलमा ३७ रनको आक्रामक पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

यसअघि टस जितेर बलिङ रोजेको नेपालले कुवेतलाई निर्धारित २० ओभरमा १७४ रनमा रोकेको थियो । उपाधिका लागि १७५ रनको लक्ष्य लिएर आएको नेपालका बसिर र नन्दनबाहेक कोही पनि ब्याटर चल्न सकेनन् ।  

ब्याटिङमा नेपालको सुरुवात नै खराब थियो । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि ७ रनमै पेभेलियन फर्किए ।

विकेट झरिरहेको नेपाललाई बसिर र नन्दनले नै उपाधिनजिक पुर्‍याएका थिए । अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो । तर, बसिर अहमद १९.३ ओभरमा आउट भएपछि नेपालले उपाधि कुवेतलाई सुम्पियो ।

चार देश सम्मिलित यस प्रतियोगितामा नेपाल उपविजेता बन्यो । समूह चरणमा भने नेपालले कुवेतलाई हराएको थियो ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट