Techie IT
२०८२ वैशाख १, सोमबार

देउवाको दाबी– ०८४ मा पनि कुनै दलको बहुमत आउँदैन, मिलिजुली सरकार बन्छ


काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी आमनिर्वाचनमा पनि कुनै दलको बहुमत नआउने दाबी गरेका छन् । 

आज (आइतबार) नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी २०८४ को आमनिर्वाचनमा पनि कुनै दलको बहुमत नआउने दाबी गरे । 

उनले भने, ‘२०८४ मा हुने आमनिर्वाचनमा कुनै पनि दलको बहुमत आउँदैन । बहुमत नआए मिलिजुली सरकार गठन गर्नुपर्ने हुन्छ । तर, बहुमत ल्याउन कांग्रेसका सबै संघ–संगठनहरूले क्रियाशील रूपमा काम गर्नुपर्ने हुन्छ ।’

देउवाले नेपाल समावेशी र समानुपातिकताको आधारमा अघि बढेको बताए । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व रहेको उनको भनाइ थियो । 

‘अहिलेको संविधानले अत्यन्तै ठूलो महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो पार्टीले पनि हाम्रो पार्टीभित्र सबैलाई समावेशी समानुपातिक किसिमको विधान छ । मुस्लिम समुदायबाट पनि ठूला ठूला नेताहरू हुनुहुन्छ,’ देउवाले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट