कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाको उपाधिका लागि आज नेपालर कुवेत भिड्दैछन् । केही बेरअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो ।
हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदै पानी परेपछि खेल अवरुद्ध भएको थियो । त्यसपछि दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए । पाँच अङ्कका साथ नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले भने शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै ४ अङ्कसहित फाइनलमा पुगेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस