कांग्रेस–माओवादी नेतृत्वको सरकार बन्ने प्रचण्डको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनको कोर्ष अगाडि बढेको बताएका छन् ।
आज (आइतबार) गृहजिल्ला चितवन पुगेका प्रचण्डले प्रमुख सत्तारूढ नेपाली कांग्रेस र प्रतिपक्षी माओवादी केन्द्रबीच सरकार गठनको कोर्ष अगाडि बढेको बताएका हुन् ।
चितवनका सञ्चारकर्मीसँग संवाद गर्दै प्रचण्डले पछिल्लो समय राजनीतिक घटनाक्रम विकसित हुँदै गएको बताएका छन् । उनले यो कुरा आफूले अनुभवका आधारमा भनेको बताएका हुन् ।
‘परिस्थिति यस्तो बन्दैछ कि कांग्रेस–एमाले नेतृत्वको सरकार धेरै अगाडि बढ्नसक्ने स्थिति छैन । केही दिनमै कांग्रेस–माओवादी नेतृत्वको सरकार गठन हुन्छ । त्यसका लागि नयाँ कोर्ष अगाडि बढेको छ,’ प्रचण्डले भने, ‘वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू सरकारप्रति सन्तुष्ट छैनन् ।
तपाईको प्रतिक्रिया दिनुहोस