रविले गुहारे सर्वोच्च, उच्चको आदेश बदरको माग

काठमाडौं । रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुर इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
रास्वपा नेत्री प्रतिभा रावल, नारायण कँडेल र आशिष थापाले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस