दुर्गा प्रसाईंलाई लगियो सरकारी वकिल कार्यालय, आजै अदालत पेस गरिँदै

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका मुख्य नाइके दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय पुर्याइएको छ ।
बिहीबार झापाबाट पक्राउ परेका प्रसाईंलाई केहीबेर अघि काठमाडौं ल्याइएको छ ।
उनीमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान हुने काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।
उनका अनुसार, वकिल कार्यालयपछि प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालत पेस गर्ने तयारी छ ।
तपाईको प्रतिक्रिया दिनुहोस